

धादिङ । धादिङको गजुरी गाउँपालिका-५ राईगाउँका करिब १७० घरधुरीको प्रमुख आम्दानीको स्रोत रहेको घाटबेसीस्थित बगरमा बालुवा संकलन कार्य केही दिनदेखि रोकिएपछि स्थानीय मजदुरको दैनिक जीविकोपार्जन प्रभावित भएको छ।
बालुवा संकलन तथा दैनिक ज्याला मजदुरीबाट परिवारको खर्च धान्दै आएका स्थानीयवासी काम रोकिएपछि आर्थिक समस्यामा परेका छन्।
बालुवा संकलन बन्द हुँदा ठूलो संख्यामा स्थानीय परिवारको आयआर्जन प्रभावित भएको स्थानीय मजदुरहरूले बताएका छन्।
समस्या समाधानका लागि गजुरी गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र छलफल थालेको जनाएको छ।
स्थानीय मजदुर तथा सरोकारवालासँगको छलफलमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिका समस्याप्रति संवेदनशील रहेको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले स्थानीयको जीविकोपार्जनलाई निरन्तरता दिँदै विद्यमान कानुनी व्यवस्था पालना, वातावरणीय सन्तुलन संरक्षण र दीर्घकालीन रूपमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँका अनुसार बालुवा संकलन रोकिँदा स्थानीय परिवारको आयआर्जनमा प्रत्यक्ष असर परेको छ।
त्यसैले सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था र स्थानीय समुदायसँग आवश्यक समन्वय गरी कानुनको परिधिभित्र रहेर व्यवहारिक तथा दिगो समाधान खोज्ने प्रयास भइरहेको छ।
यसैबीच स्थानीय मजदुरहरूले कानुनी प्रक्रिया र वातावरणीय मापदण्डको पूर्ण पालना गर्दै बालुवा संकलन कार्य पुनः सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।
गाउँपालिकाले स्थानीयको आर्थिक अवस्था, प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय संरक्षण र कानुनी व्यवस्थाबीच सन्तुलन कायम हुने गरी समस्याको दीर्घकालीन समाधान खोज्ने जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |