

काठमाण्डौ । आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड आंशिक बन्द हुन भएको छ ।
मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासनका अनुसार कृष्णभीरमा सडक मर्मत काम भैरहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागिएको हो ।
कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, साढे ३ बजेदेखि ४ बजे र बेलुका ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।
यसबाहेकको समय गाडी रोकेर काम हुने सूचनामा उल्लेख छ । तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो । तस्वीर : सडक डिभिजन भरतपुर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |