

धादिङ । बागमती प्रदेश सरकारले धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज सोमबार तीन जिल्ला धादिङ, चितवन र मकवानपुरमा आज सार्वजनिक बिदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।
यस्तै संघ सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक घोषणा गरेको छ।
भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज भदौ २२ गते १३औँ दिन पुण्यतिथि पारेर राष्ट्रिय शोक घोषणा गरेको हो।
यस क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।
यद्यपि आज धादिङ, चितवन र मकवानपुर जिल्लामा बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा नभएको जनाएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |