

धादिङ । धादिङका नागरिकहरुले त्रिशूली नदी वारपार गर्न तत्काल वेलिबृजको माग गर्दै सरकारलाई दवाद दिन थालेका छन्।
बाढीले निम्त्याएको संकट समाधानका लागि धादिङबासीहरूले सामाजिक सञ्जालबाटै सरकारलाई दबाब दिन थालेका हुन् ।
छिटो भन्दा छिटो स्थायी पुल निर्माण र तत्कालका लागि वैकल्पिक पुलको व्यवस्था गर्न माग गर्दै फेसबुकमा ‘#ConnectDhading’ अभियान तीव्र पारिएको छ ।
आइतबारदेखि सुरु भएको यो अभियान छोटो समयमै व्यापक बनेको छ ।फेसबुकले यो ह्यासट्यागलाई ट्रेन्डिङमा देखाउन थालेको छ ।
नागरिकस्तरबाट उठेको यो दबाबले सम्बद्ध निकायको ध्यान खिचेको छ । स्थानीयहरूले तत्काल बेलिब्रिज जडान गरी यातायात सहज बनाउन र पक्की पुलको काम अघि बढाउन माग गरिरहेका छन् ।
भोटेकोसीको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङबेसी जोड्ने त्रिशूली नदीमाथिको मुख्य पुल बगाएपछि यातायात ठप्प छ ।
वैकल्पिक मार्ग सञ्चालनमा आए पनि हिलाम्मे सडकका कारण यातायात आवतजावतमा कठिनाइ भएको छ। राजमार्ग जोड्ने पुल नहुदा धादिङको ८ वटा स्थानीय तह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने नागरिकको दैनिक जीवनयापन तथा आपत्कालीन सेवामा ठूलो सास्ती थपिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |