

धादिङ । नीलकण्ठ नगरपालिकाले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नगरपालिकाका ३८ जना नागरिकको सम्झनामा नगरपालिकाले सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
गोसाइँकुण्ड तीर्थयात्रा तथा अन्य सिलसिलामा रसुवा र नुवाकोट पुगेका बेला बाढीमा परेकामध्ये नीलकण्ठका १३ जनाको मात्र शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् ।
शव भेटेका १३ जनासहित २५ जनाको परिवारले काजकिरिया सुरु गरेको छ भने बाँकी बेपत्ता परिवारले अझै खोजी जारी राखेका छन् । बाढीमा धादिङका कुल १४३ जना परेको प्रारम्भिक तथ्यांक छ ।
गत १८ गते नै शोक बिदा दिइसकेको नगरपालिकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै सोमबार बेलुका दीप प्रज्ज्वलन कार्यक्रम समेत आयोजना गरेको छ ।
जनप्रतिनिधि, स्थानीयवासी तथा शोकसन्तप्त परिवारका सदस्यहरूको उपस्थिति रहेको श्रद्धाञ्जली सभामा आफन्त गुमाएका सहभागीहरू भावविह्वल बनेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |