

धादिङ । धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० केभीएको साउन्ड प्रुफ जेनेरेटरसहित आवश्यक विद्युतीय सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा.सीता ढुंगानाको पहल तथा हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा जेनेरेटर, चेन्ज ओभर र बिजुलीको तार अस्पताललाई उपलब्ध गराइएको हो ।
भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शवहरूको सुरक्षित व्यवस्थापन तथा डीप फ्रिज सञ्चालनका लागि अस्पतालमा नियमित विद्युत् आपूर्ति अपरिहार्य भएपछि यी उपकरणहरू हस्तान्तरण गरिएको हो ।
जेनेरेटर प्राप्त भएसँगै अब विद्युत् अवरुद्ध भएको समयमा पनि शव व्यवस्थापन तथा अस्पतालको आपत्कालीन सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुने भएको छ ।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नै पुगेर पूर्व उपाध्यक्ष ढुंगाना र हेफर इन्टरनेशनलका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्ष र केन्द्र कर्मचारीलाई संयुक्त रुपमा जेनेरेटर तथा विद्युतीय सामग्री हस्तान्तरण गरिएको छ ।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा जेनेरेटर सहयोग गरेको हेफर इन्टरनेशनलले बाढी प्रभावित रसुवा र नुवाकोटमा पनि विभिन्न सहयोग गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |