

धादिङ । शितल छहारी नेपालले बाढीबाट प्रभावित गजुरी गाउँपालिका-५ घाटबेसीका १४ परिवारलाई राहत तथा अत्यावश्यक घरायसी सामग्री वितरण गरेको छ।
बाढीबाट विस्थापित भए पनि हालसम्म सहयोग प्राप्त गर्न नसकेका परिवारलाई लक्षित गरी संस्थाले करिब दुई लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो।
प्रभावित परिवारलाई टेन्ट, खानेपानीका जार, डसना, तन्ना, सिरानी, धारा, बोतल, बाटा, जग, चपिङ बोर्ड, चक्कु, तरकारी छिल्ने उपकरण, दाँत माझ्ने ब्रस, मास्कलगायतका सामग्री वितरण गरिएको छ।
गजुरी गाउँपालिका-५ का वडा अध्यक्ष गोविन्द लामिछानेको उपस्थितिमा तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवं इन्सेक प्रतिनिधि सीताराम अधिकारीको समन्वयमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
बाढीपछि घरबार गुमाएर अस्थायी तथा छिमेकीको आश्रयमा बसिरहेका परिवारलाई दैनिक जीवनमा तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको आयोजक सितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पाैडेलले बताउनुभयाे ।
राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, अनलाइन मिडिया साेसाइटी धादिङका अध्यक्ष केशव अधिकारी, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका रिजन चेयर्स पर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’, शितल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेल, पैरवी अनलाइनका निर्देशक श्याम मग्राती, त्रिकोण खबरका सम्पादक ईश्वर थापा मगरलगायतको सहभागिता थियो।
राहत सामग्री जुटाउन र प्रभावित परिवारसम्म पुर्याउन समन्वय गरिदिएकोमा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले सीताराम अधिकारी र कृष्णप्रसाद ढकाल ‘शिशिर’प्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्बाट प्रभावित नागरिकको आवश्यकता पहिचान गरी संस्थाको सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
वडा अध्यक्ष गोविन्द लामिछानेले बाढीबाट विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा शितल छहारी नेपालका अध्यक्ष पौडेलसहित सहयोग र समन्वयमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो।
शितल छहारी नेपालले यसअघि भदौ १५ गते नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेको अक्करेमा समेत बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको थियो।
संस्थाले विपद्का कारण प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |