

धादिङ। धादिङमा विनाशकारी बाढीका कारण ५ सय १७ परिवार विस्थापित भएका छन् ।
बाढीले जिल्लाका विभिन्न स्थानमा घर, पुल तथा सडकमा ठूलो क्षति पुर्याएपछि सयौँ परिवार सुरक्षित स्थानमा सर्न बाध्य भएका हुन् ।
विस्थापितमध्ये गल्छी गाउँपालिकामा २ सय ७९, गजुरी गाउँपालिकामा २ सय १६, बेनिघाट रोराङ गाउँपालिकामा २० र सिद्धलेक गाउँपालिका–७ मा २ परिवार रहेका छन् ।
बाढीका कारण धादिङमा १ सय १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ वटा पक्की पुल र ६ वटा झोलुङ्गे पुल बगेका छन् ।
त्रिशूली नदी आसपासका महेशदोभान, बैरेनी, घाटबेँसी,गलौदी लगायतका क्षेत्रमा घर तथा बस्ती डुबान र कटानमा परेका छन् ।
बाढीपछि सडकका विभिन्न खण्डमा पहिरो र कटान हुँदा जिल्लाभित्रको यातायातसँगै काठमाडौं आवतजावतसमेत प्रभावित भएको छ ।
यसैबीच, घरबार गुमाएर विस्थापित भएका परिवारको व्यवस्थापनका लागि धादिङमा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् ।
गजुरी गाउँपालिका–५, गलौदीस्थित होल्डिङ सेन्टरमा ४६ परिवारका १ सय ४४ जना र गजुरी गाउँपालिका–६, रातमाटेस्थित होल्डिङ सेन्टरमा ३८ परिवारका ९८ जना अस्थायी आश्रय लिएर बसिरहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |