Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २७, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

५२ मिनेट अघि
२

आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

८ घण्टा अघि
३

भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

८ घण्टा अघि
४

धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

२३ घण्टा अघि
५

गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

२३ घण्टा अघि
६

वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक

१ दिन अघि
७

परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?

१ दिन अघि
८

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

१ दिन अघि
९

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

२ दिन अघि
१०

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

२ दिन अघि
११

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

२ दिन अघि
१२

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

२ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ हफ्ता अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

४ हफ्ता अघि
१०

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

४ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि
१२

९ दिनको तालाबन्दीपछि खुल्यो सिद्धलेक-७ वडा कार्यालय

३ हफ्ता अघि

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

  • Default Profile
  • बागमती कलम
  • १९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार (५२ मिनेट अघि)
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति, प्रयोगशाला तथा स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा आवश्यकताअनुसार बिरामीको घरसम्म पुर्‍याइनेछ ।

‘किष्ट एट होम’ किष्ट शिक्षण अस्पतालकै एकीकृत स्वास्थ्य सेवा इकाइका रूपमा सञ्चालन हुनेछ ।

उपचारअघि, उपचारका क्रममा र उपचारपछि पनि बिरामीलाई निरन्तर स्वास्थ्य सेवासँग जोडिराख्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

सेवाअन्तर्गत घरमै नर्सिङ सेवा, चिकित्सकको घरमै भेट, फिजियोथेरापी, ज्येष्ठ नागरिकको हेरचाह, शल्यक्रियापछि आवश्यक हेरचाह, घरमै रगत तथा अन्य नमुना संकलन, दीर्घरोग व्यवस्थापन, जीवनको अन्तिम चरणका बिरामीको हेरचाह, खोप, हेरचाहकर्तासम्बन्धी सेवा, दूरचिकित्सा तथा स्वास्थ्य परीक्षणपछिको परामर्श उपलब्ध हुनेछ ।

त्यस्तै, आवश्यकताअनुसार चिकित्सकीय उपकरण भाडामा उपलब्ध गराउने, घरमै सघन उपचार तथा गम्भीर बिरामीको हेरचाह र बिरामी ओसारपसारको सेवासमेत सञ्चालन गरिनेछ ।

‘किष्ट एट होम’ अन्तर्गत अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवा पनि उपलब्ध हुनेछ ।

आकस्मिक अवस्थामा बिरामीको अवस्थाअनुसार एम्बुलेन्स तथा बिरामी ओसारपसार सेवामार्फत अस्पतालसम्म ल्याउने व्यवस्था गरिनेछ ।

घरमै उपचाररत बिरामीलाई थप उपचार आवश्यक परे अस्पतालको सेवासँग सहज रूपमा जोडिने व्यवस्था पनि हुनेछ ।

अस्पतालका अनुसार घरमै स्वास्थ्य सेवा लिए पनि बिरामी किष्ट शिक्षण अस्पतालको स्वास्थ्य सेवा सञ्जालबाट अलग हुने छैनन् ।

आवश्यकताअनुसार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मी परिचालन गर्न सकिनेछ ।

घरमै संकलन गरिएका रगत तथा अन्य नमुना किष्ट शिक्षण अस्पतालको प्रयोगशालामा परीक्षण गरी त्यसको प्रतिवेदन उपलब्ध गराइनेछ ।

बिरामीको स्वास्थ्यसम्बन्धी विवरण अस्पतालको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमार्फत व्यवस्थित गरिने र स्वास्थ्य विवरणको गोपनीयता कायम गरिने अस्पतालले जनाएको छ ।

किष्ट शिक्षण अस्पताल र हेल्थ एट होम नेपालको सहकार्यमा सञ्चालन हुन लागेको यो सेवाले अस्पतालमा आधारित उपचारलाई घरमै उपलब्ध हुने स्वास्थ्य सेवासँग जोड्ने अपेक्षा गरिएको छ ।

विशेषगरी शल्यक्रियापछि घरमै स्वास्थ्य निगरानी आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, फिजियोथेरापी आवश्यक पर्ने तथा जीवनको अन्तिम चरणमा रहेका बिरामीलाई यस सेवाबाट सहज हुने अपेक्षा गरिएको छ ।

‘किष्ट एट होम’को मूल उद्देश्य अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको घरसम्म पुर्‍याउनु रहेको अस्पतालले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260912_074829

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

  • badhi-rasuwa-

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित

  • galchhi-ledo

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित

  • acidnt

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते

  • समाचार
  • १

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
    ५२ मिनेट अघि

  • २

    आजदेखी परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
    ८ घण्टा अघि

  • ३

    भोटेकोशी बाढी : ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन,आठ हजार ३१७ परिवार प्रभावित
    ८ घण्टा अघि

  • ४

    धादिङमा बाढीको विनाश : घरदेखि पुलसम्म क्षति, ५१७ परिवार विस्थापित
    २३ घण्टा अघि

  • ५

    गजुरीको जहरेखेतमा बस र ट्रक ठोक्किँदा चार जना घाइते
    २३ घण्टा अघि

  • ६

    वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुका लागि धादिङ-काठमाडौं भाडादर सार्वजनिक
    १ दिन अघि

  • ७

    परेवाटार-मासटार वैकल्पिक सडकमा एकतर्फी सवारी, कुन समयमा कता जान पाइन्छ?
    १ दिन अघि

  • ८

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    १ दिन अघि

  • ९

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    २ दिन अघि

  • १०

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution