

धादिङ । अवरुद्ध कृष्णभीर सडक १८ दिनपछि संचालनमा आएको छ।
भदौ १४ गते त्रिशूली नदीको कटानले सडक भासिएकै कुनापट्टीबाट लगातार १३ दिन काम गरेर करिब २५२ मिटर लामो नयाँ ट्रयाक निर्माण गरी सडक संचालनमा ल्याइएको हो ।
नयाँ ट्रयाकमा ग्राबेलिङ र नाला निर्माण गरिएको छ ।
भदौ १८ गतेबाट ३१ गतेसाँझसम्म दैनिक १८ घण्टासम्म विभिन्न उपकरण र प्राविधिक प्रयोग गरी देशको लाइफलाइन खुलाएको नागढुंगा मुग्लिन सडक आयोजनाले जनाएको छ।
पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक राखेर भोलि असोज १ गते बिहान देखि नियमित सवारी संचालन गरिने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनुभयो ।
सडकको पुरै भाग पहिरिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा गरी नयाँ ट्रयाक बनाइएको नागढुंगा मुग्लिन सडक आयोजनाका प्रभुराज पाण्डेले जानकारी दिनुभयो ।
भित्ता काटेर बाटो बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसाइरहेको छ ।
कृष्णभीरको भित्तामा जता छोयो उतैबाट पानी निस्कने अनौठो समस्या छ ।
भित्ताबाट रसाएको पानी निर्माण व्यवसायी र इन्जिनियरहरूका लागि टाउको दुखाइको विषय बनेको छ।
कृष्णभीर देशको चर्चित पहिरो हो ।
यो पहिरो २६ वर्षअघि निकै ठूलो मेहनत, उच्च प्राविधिक सीप, लामो अनुभवको प्रयोग र प्रयासपछि रोकिएको थियो ।
यसअघि वि.सं. २०५७ साल साउन २७ गते पहिरो खस्दा कृष्णभीर ११ दिनसम्म अबरुद्ध हुन पुगेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |