

नुवाकोट । नुवाकोटको विदुर र त्रिशूली बजारबीचको आउजाउलाई सहज बनाउन आधुनिक तुइन निर्माण तथा सञ्चालनको काम तीव्र पारिएको छ।
भदौ १० गतेको बाढीले त्रिशूली नदी वारपार गर्ने सम्पूर्ण पुलहरू बगेपछि सर्वसाधारणको सास्तीलाई ध्यानमा राख्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले इन्द्रेनीघाटमा आधुनिक तथा प्रविधियुक्त तुइन सञ्चालनमा ल्याउन लागेको हो ।
अहिले त्यस क्षेत्रमा हातले तान्ने तुइन सञ्चालन भइरहेको र अब भने त्यसलाई स्तरोन्नति गर्दै मोटरयुक्त बनाउन लागिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियर सन्तोष गिरीले जानकारी दिनुभयो।
शनिबारबाट संचालनमा ल्याउनेगरी काम तीव्र बनाइएको उहाँको भनाई छ ।
नयाँ प्रणालीमा दुई वटा रोपवे र दुई वटा टोकरी रहनेछ, जसले १८० डिग्रीमा दुवै तर्फबाट एकैपटक वारपार गर्न सक्ने इन्जिनियर गिरीले बताउनुभयो ।
यसअघि हातले तान्ने तुइनबाट एकपटकमा दुई जनाले मात्र यात्रा गर्न सक्ने अवस्था रहेकोमा अब मोटराइज्ड तुइन सञ्चालनमा आएपछि एकैपटक चार जनाले वारपार गर्न सक्नेछन् ।
हाल एउटा पुरानो तुइनबाट दैनिक करिब १५० देखि २०० पटक गरी दैनिक करिब ४०० जनाले मात्र आउजाउ गर्दै आएका छन् ।
नयाँ डबल तथा मोटराइज्ड तुइन र थप गरिएको जिपलाइनसमेत सञ्चालनमा आएपछि दैनिक ६०० देखि ८०० जना भन्दा बढी नागरिकले सजिलै आउजाउ गर्न सक्ने अनुमान गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |