

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा हुने गाउँ/नगर अधिवेशनको मिति सरेको छ ।
यसअघि असोज ७ गते गाउँ/नगर अधिवेशन गर्ने तय भए पनि प्राविधिक कारणले उक्त दिन अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएको भन्दै एक दिन पछि सारिएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।
अब अधिवेशन असोज ८ गते हुने नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
यसैबीच, सोमबार धादिङ जिल्लाका १०४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा अधिवेशनबाट वडा कार्यसमिति संगै क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन् ।
गाउँ/नगर अधिवेशनपछि जिल्लाको अधिवेशन प्रक्रिया थप अघि बढ्ने जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |