

धादिङ । भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त विदुर–बेत्रावती सडकखण्ड सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ।
विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये ९ किलोमिटर सडक सञ्चालनमा आइसकेको छ। तर करिब ३०० मिटर क्षेत्रमा पहिरो र चट्टानका कारण सडक खुलाउन ढिलाइ भएको हो।
उक्त क्षेत्रमा नेपाली सेना र व्यवसायीहरूले दुवैतर्फबाट ट्रयाक खोल्ने काम गरिरहेका छन्।
केही दिनभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
बाढीका कारण सडकको पुरानै संरचना र नक्सासमेत नरहने गरी क्षति भएका स्थानमा नयाँ ट्रयाक निर्माण गरेर सडक सञ्जाल जोड्नुपर्ने अवस्था छ।
अबको करिब तीन साताभित्र स्याफ्रुबेँसीसम्म सडक सञ्जाल जोड्ने लक्ष्यसहित काम भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो।
धादिङको गल्छीदेखि देविघाट हुँदै विदुरको ढुंगेसम्म अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ।
बेत्रावतीसम्म सडक सञ्चालनमा आएपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान गरेर गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।
बेत्रावतीपछि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने सडक विभागले जनाएको छ।
स्याफ्रुबेँसीमा करिब ९० मिटर लामो पुल आवश्यक पर्ने भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज जडान गर्ने तयारी गरिएको विभागले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |