

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
सडकमा खसेको पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
यातायात व्यवसायीले अबका केही दिन लामो दूरीको यात्रा तथा रातिको समयमा हुने यात्रा सकेसम्म नगर्न आग्रह गरेका छन् ।
अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे सम्बन्धित सडकको अवस्था, मौसम र प्रशासनले जारी गरेको सूचनाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |