

धादिङ । निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि पृथ्वी राजमार्ग रातिको समयमा पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाउने जनाएको हो।
धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान रहेको भन्दै प्रशासनले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गरी राजमार्ग बन्द गर्ने निर्णय गरेको जनाएको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भएकाले जोखिम न्यूनीकरण तथा यात्रु र सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राजमार्ग बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताउनुभयो।
प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
आपतकालीन अवस्थामा नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी ९८५१२२९८६०, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ ९८५१३२२५६४ तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाट ९८५१२७२७८३ मा समेत सम्पर्क गर्न सकिनेछ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |