

धादिङ । सिद्धलेक गाउँपालिका-१, धादिङ निवासी रूवी भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि (युवा) तर्फ आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
युवाको सक्रिय सहभागिता, संगठन सुदृढीकरण तथा पार्टीभित्र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी घोषणा गरेको भट्टराईले बताउनुभयो।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको संगठनात्मक यात्रामा सक्रिय रहँदै आउनुभएका भट्टराई निलकण्ठ मा.वि. इकाई उपाध्यक्ष तथा निलकण्ठ उच्च माध्यमिक विद्यालय इकाई अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो।
त्यसपछि उहाँले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन हुनुभएका भट्टराई बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित हुनुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |