

धादिङ । नीलकण्ठ नगरस्तरीय बाल सञ्जालले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग तथा परिचालन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
सञ्जालका अध्यक्ष निगेश श्रेष्ठले नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ का व्यवस्थाअनुसार बालबालिकाको अधिकार, सुरक्षा, मर्यादा र सर्वोत्तम हितको संरक्षण गर्नुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन्।
सञ्जालले अधिवेशन, सभा, सम्मेलन, जुलुस, र्याली, प्रचार–प्रसार तथा निर्वाचन गतिविधिमा बालबालिकालाई सहभागी वा परिचालन नगर्न अनुरोध गरेको छ।
साथै, राजनीतिक प्रचार–प्रसारका लागि बालबालिकाको फोटो, भिडियो, नाम वा पहिचान सामाजिक सञ्जालमा प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
कानुनविपरीत बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरिएको जानकारी वा प्रमाण प्राप्त भएमा स्थानीय तह, प्रहरी तथा बालअधिकार संरक्षणसम्बन्धी निकायमा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहयोग गर्न सञ्जालले अपिल गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |