

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने काष्टे खोलामाथि पक्की पुल बन्ने भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीका अनुसार बागमती प्रदेश सरकारको ४ करोड ८९ लाख रुपैयाँ लागतमा ३५ मिटर लामो पक्की पुल निर्माण गर्न लागिएको हो।
बिहीबार प्राविधिक टोलीले अनुगमन गरेसँगै पुलको निर्माण सुरु गर्न लागिएको अध्यक्ष उप्रेतीले बतानुभयो।
लामो समयको पर्खाईपछी बन्न लागेको पुल निर्माण कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्ने कुरामा पालिका प्रतिवद्ध रहेको अध्यक्ष उप्रेतीले बताउनुभयो।
यस्तै उपाध्यक्ष देवराज धरेल र वडा नं. ३ का अध्यक्ष कमलबहादुर थापाले पुल निर्माणपछि वडा नं. २ र ३ को आवतजावत सहज हुनुका साथै स्थानीय कृषि उत्पादनले बजार पाउने विश्वास व्यक्त गर्नुभयो।
पुल निर्माणमा कुनै पनि किसिमको ढिलाइ हुन नदिन आफुहरुले सक्दो सहयोग गर्ने स्थानीय समाजसेवी उमेश थापाले बताउनुभयो।
पुल निर्माणको जिम्मा ज्वालामुखी निर्माण कम्पनीले पाएको छ।
गत असारमा सम्झौता भए पनि वर्षायाममा खोलामा पानीको बहाव बढेका कारण काम सुरु गर्न केही ढिलाइ भएको कम्पनीका सञ्चालक धर्मप्रसाद लोहनीले जानकारी दिनुभयो।
काम सुरु भएपछि चार महिनाभित्र निर्माण सम्पन्न गर्ने र आगामी वैशाखभित्रै पुल हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
ठेक्का सम्झौताको अवधि भने दुई वर्षको रहेको छ।
पुल निर्माण भएपछि वर्षायाममा ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |