धादिङ,०४ माघ ।
धादिङस्थित पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका चेपाङ समुदायहरु समस्यामा परेका छन् ।
अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।
ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।
आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् ।
दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।
पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उहाँको भनाइ थियो छ ।
स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो ।रासस
फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |