भूकम्पपछि बझाङमा चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गएराति १० बजेर ५२ मिनेटमा ४ दशमलव ५ र १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।
गएको मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । लगत्तै दोस्रोपटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बझाङमा भूकम्पपछि अहिलेसम्म तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । बझाङ भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा घर तथा सार्वजनिक भवनमा क्षति पुगेको छ ।
केही पीडितहरु अहिले पनि घरबाहिर टेन्टमा बस्दै आएका छन् । बझाङमा भूकम्पका कारण पहिरोमा परेर एक महिलाको ज्यान गएको थियो । निरन्तर परकम्प आइरहेकाले भूकम्पले चर्के/भत्केका घरमा तत्काल बस्न जोखिम रहेको भूकम्पविद् भट्टराईले बताउनुभयो । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन पनि उहाँको आग्रह छ ।
नेपाल भूकम्पको उच्च जोखिम क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि परकम्प आउनेक्रम निरन्तर छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।-ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |