

सरकारले भोलि बिहीवार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र ईद को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो ।
यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |