यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अभियन्ता एलेस बिल्यात्स्की, रुसको मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा घोषणा गरिएको छ ।
नर्वेजियन नोबेल कमिटीले शुक्रबार सो घोषणा गरेको हो । उनीहरूले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको नोबेल पुरस्कार कमिटीको निष्कर्ष छ ।
नोबेल शान्ति पुरस्कार २०२२ को लागि कुल ३४० व्यक्ति वा संस्थाले मनोनयन दर्ता गरेका थिए। जसमध्ये २५१ व्यक्ति र ९२ संस्था थिए ।
गत वर्ष अर्थात् २०२१ मा ३२९ मनोनयन प्राप्त भएको थियो । यस वर्षको ३४३ को संख्या नोबेल शान्ति पुरस्कार मनोनयनको इतिहासमा दोस्रो उच्च व्यक्तित्व हो। यसअघि २०१६ मा यस विधाका लागि ३७६ मनोनयन प्राप्त भएको थियो। यी नामहरू ५० वर्षसम्म सार्वजनिक गर्न सकिँदैन।एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |