नीलकण्ठ,१४ कात्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै एमाले धादिङका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।
मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थालेका छन् ।
सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र मतदातासँग भेटघाट गर्ने योजना रहेको बताउनुहुन्छ, एमालेका प्रदेश सांसद उम्मेदवार डा.रामकुमार अधिकारी ।
अधिकारीले सोमबार नीलकण्ठ नगरपालिका वडा नं २ स्थित चिसापानी, सिम्ले, तिनघरे, भवनघर, वलीडाँडा, भुलभुले, केराबारी लगाएतका क्षेत्रमा मतदातासँग भेटघाट गर्नुभएको छ । घरदैलो कार्यक्रममा डा.अधिकारीले यसअघि भएका विकास र समृद्धिको कामलाई हेरेर यसपटक पनि मत दिन आग्रह गनुभएको छ ।
डा.रामकुमार अधिकारीको पहलमा लिफ्ट सिचाँई, सोह्रघरे खानेपानी योजना, दलित सामुदायिक भवन, जनजागरण तमु समाज भवन, देविथान्–काउने सडक, पानधारे काउले सडक, वलीडाँडा–सिम्ले सडक, ढोडेनी खानेपानी लगाएतका योजना सम्पन्न भएको छ । उहाँले मतदाताहरुसँग अबको पाँच बर्षमा पानधारे काउले सडक ग्रावेल, खेलकुद मैदान, खानेपानी लगाएतका कामहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |