धादिङ,१७ कात्तिक।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ संघिय सांसदका उम्मेदवार भुमि त्रिपाठीले एमाले सरकार र एमालेको पहलमा भएका गाउँका विकास हेरेर जनताले एमालेलाई नै रोज्ने बताउनुभएको छ ।
मतदाता भेटघाटमा व्यस्त संघीय साम्सदमा उम्मेदवार त्रिपाठीले थाक्रे गाउँपालिका वडा नम्बर ११, वडा नम्बर ६ र वडा नम्बर ५ का मतदाताको घरदैलोमा पुग्नु भएको छ।
गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएका छन् । मिनि लुम्बीनी लगायतका पर्यटकीय क्षेत्र समेत एमाले पहलमा निर्माण भएकोले यसको प्रवद्र्धन गरिविकासका अधुरा काम गर्न एमालेनै आवस्यक भएको बताउनुभयो । गाउँ पुग्नु भएका एमाले संघीय उम्मेदवार त्रिपाठीलाई टोलटोलमा भव्य स्वागत गरिएको थियो।
मतदाता भेटघाट कार्यक्रममा प्रदेशभाका उम्मेदवार रमेश आचार्यलाई समेत गाउँबासीले स्वागत गरेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |