धादिङ,१७ कात्तिक।
धादिङ क्षेत्र नं १ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार भुमि त्रिपाठीले गाउँलाई माया गर्छु भन्ने हक एमालेलाई बाहेक अरु पार्टीलाई नभएको बताउनु भएको छ ।
चुनावी अभियान अन्तर्गत बिहिबार थाक्रेमा भएको शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले गाउँलाई मायाँ गर्ने हक एमालेलाइ मात्रै भएको बताउनुभएको हो ।
जनताका लागि एमाले चाहिने र एमालेले जनताको लागि काम गर्ने भन्दै उहाँले समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदाताहरुसंग अनुरोध गर्नुभयोे ।
गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनुभयो । गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई टोलटोलमा भव्य स्वागत गरिएको थियो। उहाँले आज थाक्रे गाउँपालिका वडा नं ७, ८, ९, १० मा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा क्षेत्र नं १ क का प्रदेश सांसद उम्मेदवार रमेश आचार्य लगाएतको सहभागिता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |