पदक वा विभुषण पाउनु यो चानचुने कुरा होइन। धेरै तपस्या र मिहेनत पश्चात् पाइने पदकको गरिमा उच्च हुन्छ। एउटा पदक होइन सयौं पदक त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा ससम्मान प्राप्त भएका।
जसका निवासमा एउटा कोठानै ट्रफी मेडल र प्रमाणपत्रले भरिभराउ छन्। उता बालाजु कराते एकेडेमीमा पनि चेला चेलीले जितेका ठूलाठूला ट्रफी असंख्य सजाइएका छन्।
उनि आफू त अन्तर्राष्ट्रिय स्तरमा अब्बल छँदैछन् आफ्ना चेला चेलीलाई समेत अब्बल दर्जामा पुर्याउन अहोरात्र तल्लिन भेटिन्छन्। आज सम्म यसियाली खेलकुद प्रतियोगितामा कसैले नेपालको लागि किर्तिमान राख्यो भने त्यो उनकै शिष्यले मात्र हो। साफ गेमको त स्वर्ण पदक बिजेता उनका चेला चेली सयौंको संख्यामा छन्।
विश्व बिजेता अल्ट्रा धाविका मिरा राइ का गडफादर पनि उनै हुन्। यति मात्रले उनको परिचय कम हुन्छ। उनको व्यस्त जीवनको अर्को पाटो समाज सेवा पनि हो। २०७२ सालको भूकम्प पश्चात आफ्नो अग्रसरतामा धादिङ जिल्लामा ५५ वटा घर बनाइदिए।
टेकुमा अवस्थीत जन उद्धार सेवा समितिमा अध्यक्षता निभाइरहेका छन्। धैरै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा पढाई रहेका छन्। आशालाग्दा मिहेनती शिष्यका लागि आफ्नो झिटिगुन्टा समेत बेचेर सहयोग गरेको उदाहरण पनि प्रसस्त छन्।
आज उनको समिपमा रहने मौका जुर्यो । उनि अर्थात “खेलकुद जगतका ध्रुव तारा” सबैका प्रिय छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |