धादिङ,१८ कात्तिक ।
धादिङ क्षेत्र नम्बर २ को प्रदेश सभा ख का उम्मेदवार नेपाली काँग्रेसका गोबिन्द लम्साललाई निर्वाचन आयोगले सचेत गराएको छ।
लम्सालले बाक्लो कागजमा रंगिन स्टिकर बनाएर मतदाताहरुलाई वितरण गरिरहेको भेटिएपछि सचेत मतदाताले निर्वाचन अनुगमन समितिलाई उजुरी गरेको थियो ।
उजुरीका आधारमा लम्साललाई सचेत अनुगमन समितिले मौखिक रुपमा जानकारी गराइ सचेत गराएको हो । आफूले भुलबस यसकिसिमको सामाग्री उत्पादन गरेको बताउँदै यसको वितरण रोक्ने बताएको अनुगमन समितले जनाएको छ ।
निर्वाचन आउन अब १६ दिन बाँकी रहेको छ । निर्वाचन नजिकिएसंगै आचार संहिता विरुद्धका गतिविधिहरु समेत भइरहेका छन् । निर्वाचन आयोगले निर्वाचन आचार संहितामा रंगिन सामाग्री उत्पादनमा बन्देज लगाएको छ ।
यता निलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना मतदाताहरुसंग मत माग्दै सार्वजनिक समारोहमा मन्तव्य समेत दिई रहनुभएको छ भने उपप्रमुख दिपक विकले सामाजिक संजालबाट मत माग्नु भएको छ ।
आचारसंहितामा निर्वाचित जनप्रतिनिधिले मात माग्न नपाइने उल्लेख गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |