Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१२ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

२ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ महिना अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
८

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
९

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि

अध्ययन र संघर्षबाट खारिएका बौद्धिक नेता खेम लोहनी

  • बागमती कलम
  • ८६७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २०, आईतबार (३ साल अघि)
अध्ययन र संघर्षबाट खारिएका बौद्धिक नेता खेम लोहनी

 केशव अधिकारी
धादिङ,२० कात्तिक।
धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनीको जन्म २०१७ साल साउन २२ गते धादिङको चैनपुर गाँउ विकास समितिको वडा नम्बर ३ हालको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा भएको हो । अंग्रेजीमा एम.एड र ग्रामीण विकासमा एम.ए सम्मको अध्ययन पुरा गर्नुभएका लोहनीले समाजशास्त्रमा पिएचडिको तयारी गरिरहनु भएको छ ।

२०३५ सालमा बिद्यार्र्थी राजनितीवाट वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएका लोहनीले २०३६ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा तत्कालिन नेकपा मालेको बिद्यार्थि संगठनको प्रारम्भिक कमिटीको अध्यक्ष र स्ववियुको कोषाध्यक्षको जिम्मेवारी वहन गर्नुभएको थियो । यसैगरी २०३९ सालमा त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरको सदस्य हुंदै २०४० सालमा अनेरास्ववियु वागमती अंचल क्षेत्रीय कमिटीको उपाध्यक्ष हुनुभएका लोहनी २०४२ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मंच धादिङको अध्यक्ष भएर जिल्लाको पार्र्टी राजनितीमा सक्रिय रहँदै आउनु भएको छ ।

पार्टी संगठनले दिएको हरेक जिम्मेवारीलाई कुशलतापुर्वक वहन गर्दै अगाडी बढ्ने क्षमता भएका कारण लोहनीलाई २०४४ सालमा पार्टीले जिल्ला पञ्चायतको जनपक्षिय उपसभापतीको उम्मेदवार समेत वनाएको थियो । २०४२ सालदेखिनै जिल्ला पार्टीमा सक्रिय रहनुभएका लोहनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ ( प्ररायुसंघ नेपाल ) हालको राष्ट्रिय युवा संघको २०४७ सालमा स्थापना भएलगत्तै धादिङ जिल्ला समितिको संस्थापक अध्यक्षको बनेर नेत्तृत्व सम्हाल्नु भएको थियो ।

पार्र्टीमा विभिन्न तहको जिम्मेवारी सम्हाल्दै अघि बढ्नेक्रममा २०४७ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनुभएका लोहनीले २०५१ देखि २०५४ सम्म जिल्ला कमिटीको उपसचिवको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । २०४९ सालमा जिल्ला विकास समितिको सभापती पदमा उम्मेदवारी दिएर पराजित हुनुभएका लोहनीले २०५४ सालमा भने जिविस सभापती पदमा विजय हासिल गरेर पांच बर्ष सम्म कुशलताका साथ जिल्ला विकास समिति संचालन मात्रै गर्नु भएन जिल्लामा विकासका योजना तयार पारी कार्यान्वयनको शुरुवात गर्नुभएको थियो ।

लोहनीले जिविस सभापति भएको बेला ल्याउनुभएको विकासका योजना र कार्यक्रमहरुका कारण अहिले पनि उहां समाजमा लोकप्रिय रहनुभएको छ । जिविसको सभापती हुंदा धादिङको मुहार फेर्ने कामको अगुवाई गर्नुभएका लोहनीको नेत्तृत्वमा रहेको तत्कालिन जिल्ला विकास समितिलाई धादिङको विकास र निर्माणका लागि स्वर्णिम अवधि समेत मानिन्छ ।

नेकपा एमालेको वाग्मती अञ्चल कमिटीको सदस्य एवम स्कुल विभाग प्रमुखको जिम्मेवारी पुरा गर्दै पछिल्लो समयमा वाग्मती अञ्चल कमिटीको सदस्य एवम राष्ट्रिय प्रतिनिधी परिषद सदस्यको जिम्मेवारीमा रहनुभएका लोहनी २०६९ फागुन १८–२० धादिङबेसीमा सम्पन्न पार्टीको सातौं जिल्ला अधिबेशनवाट एमालेको जिल्ला अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको थियो ।

जिल्ला अध्यक्ष बहाल रहेकै बेला पार्टीको नवौं महाधिबेशनबाट केन्द्रिय सदस्यमा चयन भएपछि लोहनीले २०७१ साल साउन ३ गते नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कमिटीका उपाध्यक्ष भुमि त्रिपाठीलाई दिनु भएको थियो । २०७० सालमा लोहनी पार्टीको जिल्ला अध्यक्ष रहेकै बेला नेकपा एमालेले त्यति बेलाको ३ वटै क्षेत्रमा आफ्ना सूर्यध्वजा बाहक उम्मेदवार जिताउन सफल हुनु भएको थियो ।

एमालेको नवौं महाधिबेशनवाट केन्द्रिय सदस्य चयन हुनु भएका लोहनी १० औं महाधिबेनबाट पनि केन्द्रिय सदस्य निर्वाचित भई अहिले धादिङ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । राजनिती संगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका लोहनी नेपाल चिन हिमालय मैत्री समाज (नेचिप्स) को केन्द्रिय सदस्य एवम धादिङ जिल्ला अध्यक्ष, मदन भण्डारी फाउण्डेशनका साथै धादिङ सामुदायिक आंखा केन्द्रको अध्यक्षको जिम्मेवारी पनि वहन गरि सक्नु भएको छ ।

राजनितीसंगै अध्ययन र सामाजिक क्षेत्रका कार्यलाई पनि निरन्तरता दिदै आर्ईरहनुभएका लोहनी सुशासन, क्षमता अभिबृद्धि लगायतका बिषयका राष्ट्रिय स्तरका प्रशिक्षक समेत हुनुहुन्छ । आंफुसंग भएको सिप र क्षमतालाई सहि काममा सदुपयोग गर्नुपर्छ भन्ने मान्यता लोहनीको छ । कम वोल्ने र तार्किक बिषयवाट अभिव्यक्ति दिने लोहनीको बिशेषता हो ।

२०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका लोहनीले ५ बर्षको अवधिमा जे जति काम गर्नु भएको छ त्यसले जिल्लाको निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण स्थान ओगटेको छ ।

क– प्रतिनिधि सभामा महत्वपूर्ण भूमिका
प्रतिनिधि सभा सदस्यका रुपमा लोहनी संसदमा राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त निती दायित्व अनुगमन,निरिक्षण मूल्याङ्कन समितिको सदस्यका रुपमा संसद भित्र बिशेष भूमिका निर्वाह गर्नु भएको थियो । यसै गरी प्रतिनिधि सभा अन्र्तगत रहेको महिला बालवालिका तथा सामाजिक समितिको सदस्यको हैसियतले २५० वटा कानूनको प्रस्तावक हुनुका साथै ९२ वटा कानून पारित गराउन लोहनीको समेत सक्रिय सहभागिता रहेको थियो ।

ख– सडक निर्माण र स्तर उन्नती
सांसद भएपछि हरेक नागरिकले आफ्नो गाउँ ठाउँमा केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वभाविक भएको उहाँ वताउनु हुन्छ । यसैक्रममा जिल्लाको २ नम्बर क्षेत्रमा सडक पूर्वाधार र विकासका केही कामको शुरुवात लोहनीले गराउनु भएको छ ।

लोहनीको अगुवाईमा भएका मुख्य योजनाहरुमा धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण तथा स्तरोन्नती, लामो समय देखि रोकिन पुगेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई निरन्तरता, निर्वाचन क्षेण रणनैतिक सडक अन्र्तगत सिरुवेसी,गोलाङ, आगिन्चोक, फुलखर्क रि सडक निर्माण कार्यको सुरुवात गर्न सफल हुनु भएको छ ।

यसै गरी धादिङबेसी भ¥याङ भुरुङ सडक कालोपत्रे गर्ने योजना तर्जुमा तथा कार्यान्वयनमा सांसद लोहनीको भूमिका रहेको छ । यसै बिचमा धादिङबेसी सल्यानटार सडक कालोपत्रे भएको छ भने धादिङबेसी सुनौलावजार सडकलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ ।

ग– बुढीगण्डकी जलविद्युत आयोजनामा जनताको साथ
राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलबिद्युत्त आयोजनाको मुआव्जा बितरण कार्यलाई व्यवस्थित बनाउन सांसदको हैसियतले लोहनीले सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो । जसको परिणामस्वरुप मुआव्जा वितरण अन्तिम चरणमा पुगेको छ।

घ– पूर्वाधार निर्माणमा योगदान
विकासका पूर्वाधार अन्र्तगत भुकम्पले भत्किएका बिद्यालय, स्वास्थ्य चौकी, स्थानीय तहका कार्यालयहरुको पक्कि संरचना निर्माणका लागि पनि लोहनीले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन चरणमा समन्वय र सहयोग पु¥याउनु भएको थियो । लोहनीको पहलमा गंगाजमुना गाउँपालिकाको बसेरीमा जिल्लाकै सबैभन्दा लामो ४ सय मिटरको झोलुङ्गे पुल निर्माण भएको छ भने रि झार्लाङ जोड्ने झोलुङ्गेपुल निर्माणको लागि प्रकृया अघि बढेको छ ।

ङ– सल्यानटारमा खानेपानी आयोजना केन्द्रीय सरकारको लागनीमा भूमिका
खानेपानीको सबैभन्दा दुःख रहेको सल्यानटारमा २७ करोडको बेहत खानेपानी आयोजना निर्माण शुरु भएको छ भने २३ करोडमा मैदीकोट खानेपानी, ५ करोडको कार्कीगाँउ खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन तहमा लोहनीले खेल्नु भएको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

च– सिंचाइ आयोजना निर्माण र साँस्कृतिक क्षेत्रको संरक्षण
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सतह सिंचाई, लिफ्ट सिंचाई, धार्मिक तथा सांस्कृतिक क्षेत्र संरक्षण, सामाजिक संस्थाहरुको भौतिक संरचना निर्माण जस्ता कार्यका लागि पनि सांसदको हैसियतबाट लोहनीको योगदान रहेको छ ।
त्यसै गरी भुकम्पबाट क्षती ग्रस्त भएका बास्तविक पिडितका लागि राहत उपलव्ध गराउन, घर बनाउने रकम विनियोजन गर्न पनि उहाँले निकै भूमिक खेल्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १२ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    २ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution