बैरेनी,२० कात्तिक ।
राष्ट्रिय युवा सघ नेपाल धादिङ निर्वाचन क्षेत्र न. १ समन्बय कमिटिको आयोजनामा गरिएको क्षेत्र स्तरिय भेला बैरेनीमा सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले धादिङको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उमेदवार क्रान्ति बुर्लाकोटिको प्रमुख अतिथ्यतामा निर्वाचन परिचालन सम्बन्धी भेला सम्पन्न भएको हो ।
भेलाले धादिङ क्षेत्र नम्बर १ स्तरीय सुनिल तामाङको संयोजकत्वमा १ हजार ९ सय एक जना रहेको युवा निर्वाचन परिचालन कमिटि गठन गरिएको छ। प्रतिनिधिसभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि हरेक मतदान केन्द्रमा युवाहरुको विषेश किसिमको टोली परिचालन गर्नेगरि कमिटिले काम गर्ने छ ।
राष्ट्रिय युवा सघ नेपाल भेलामा युवासंघका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक खतिवडा, नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटा, युवा नेताहरु रमेश अधिकारी, युवा संघ जिल्ला अध्यक्ष कमल सिलवाल लगायतको आतिथ्य रहेको थियो ।
यसैगरीअनेमसंघको धादिङ निर्वाचन क्षेत्र न. १ स्तरीय भेला बैरेनीमा शनिबार सम्पन्न भएको छ।
भेलाले उर्मिला रेग्मीकोसंयोजकत्वमा ५ सय १ सदसिय क्षेत्रीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ। एमालेको सूर्यध्वजाबहाक उम्मेदवारहरुलाई जिताउनका लागिहरुले नेतृत्व गरेर मतदाताहरुलाई उत्साही पर्नका लागि अनेमसंघले निर्वाचन परिचालन सुरु गरेको हो ।
अनेमसंघ धादिङका अध्यक्ष उमा नेपालको अध्यक्षतामा सम्पन्न भेलाको नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्नभएकोे थियो। कार्यक्रममा अनेमसं.घकाअगुवा कार्यकर्ताहरुको सहभागिता थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |