धादिङ,२० कात्तिक ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा नौबिसे सुरुङमार्गको निरीक्षण गर्नुभएको छ । ओलीले आइतबार त्यस क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
निरीक्षण गर्दै ओलिले राष्ट्रिय गौरबको आयोजना नागढुँगा सुरुङमार्गले देशलाई सुरुङमार्गको युगमा प्रवेश गराएको बताउनुभयो । उहाँले धादिङ जिल्ला यसअघि दुर्गम रहेपनि अब दुर्गम जिल्लाको रुपमा नरहेको बताउनुभयो ।धादिङमा सडक लगायतका पुर्वाधार निर्माण भएको बताउनु भएको छ ।
चिनदेखि भारत जोडिने अन्तार्राष्ट्रिय राजमार्ग समेत धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकोले विकासको यो निर्माण गर्ने जिम्मा समेत एमालेले लिएको बताउँर्दै एमाले अध्यक्ष ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गर्नुभयो ।
धादिङको समस्याको रुपमा रहेको श्री ५ को बायुगुठी समस्यासमाधान गर्न आफू लाग्ने बताउँदै ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताउनुभयो । धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने बताउनुभयो। ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह रगर्नुभयो।
साथै एमाले अध्यक्ष ओलीले पार्टी छाडेर जानुभएका नेत्र पौडेललाई धेरै अवसर रहेकोले पार्टीमै फर्कन समेत अनुरोध गर्नुभएको छ।उम्मेदवार ओलिलाई प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य लगायतले स्वागत गर्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |