जवाङ,२१ कात्तिक ।
धादिङ क्षेत्र नं १ को नेकपा एमालेका संघिय सांसद उम्मेदवार भुमि त्रिपाठीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
सोमबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.१० जवाङमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभयो ।
धादिङको समग्र विकासका लागि योजना बनाएर अघि बढेको भन्दै उहाँले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो ।सत्ता गठबन्धनले अहिलेसम्म राम्रो काम गर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने भएकाले एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।
दुर्गम बस्तीको विकास गर्न एमालेनै चाहिने भन्दै उम्मेदवार त्रिपाठीले चेपाङहरुको जिवनस्तर उकास्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धादिङको टोलटोलमा एमाले पुगिसकेको छ,नागरिकको माग बमोजिम विकासका काम गर्दै आएको छ ।’
गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनुभयो । साथै समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा ३ सय भन्दा बढि सहभागी जवाङबासीले महिला भवन बनाउनको लागि सहयोग गर्न र जितेपछी गाउँमा आउन आग्रह गरेका छन्। गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई भव्य स्वागत गरिएको थियो।
उहाँले आज सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को बिशालटार, वडा नं ३ को ओरवाङ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |