सुनौलाबजार,२१ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र ६ मा मतदाता भेटघाट तथा घरदैलो गर्नुभएको छ ।
सोमबार मतदाता भेटघाट गर्न जनताको घर घरमा पुग्नु भएका लोहनीले देशलाई अग्रगमन र समृद्धि तर्फ लैजान नेकपा एमालेले बहुमत ल्याउन आवश्यक रहेकोले जसरी पनि नेकपा एमालेका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो ।
नेकपा एमालेले ९ महिने सरकारको पालादेखि शुरु गरेको योजनाहरु, देश विकासको सपना र लक्ष्यलाई पूरा गर्न नेकपा एमालेको बहुमत प्राप्त सरकारले मात्रै गर्न सक्ने भएकोले मतदाताले ढुक्क भएर नेकपा एमालेलाई मत दिन आग्रह गर्नुभयो ।
विपन्न नागरिकको जिवनस्तर सुधार र महिला, दलित, अपाङ्ग, जेष्ठनागरिक सवैको सामाजिक सुरक्षाको ग्यारेन्टी नेकपा एमाले मात्रै गर्ने भएकोले नेकपा एमाले पार्टीलाई मत दिएर जिताउन लोहनीको अनुरोध छ ।
गाउँमा यस अघि भएका यावत विकासका काम एमालेको जितले मात्र जनताको जित हुने बताउँदै सडक, खानेपानी, व्यवसायिक शिक्षा एमालेले नारामा मात्रनभइ व्यवहारमा गरेर देखाउने उम्मेदवार लोहनीको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |