सुनौलाबजार,२१ कात्तिक ।
धादिङ क्षेत्रनम्बर १ (१) का प्रदेश सभाका नेकपा उमाले उम्मेदवार डा.रामकुमार अधिकारीले यस अघि प्रदेससभा सदस्य भएर गरेको विकासका काम निरन्तर अघि बढाउन मतदाताहरुले आग्रह गरेका छन् ।
धादिङको सुनैलाबजारमा आयोजित मतदाताहरुसंगको भेटघाटको क्रममा मतदाताहरुले यस क्षेत्रकोको काम डा. अधिकारीको पहलमा भएकोले विकास रसमृद्धिका लागि निरन्तर लाग्न आग्रह गरेका छन् ।
मतदाता भेटघाटको क्रममा डा. अधिकारीले सडक पिच गरेर सदरमुकाम जोड्ने, विकासका योजनाहरुमा जनताको माग अनुसार आफूले निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँका समस्या धेरै छन् । यसलाई प्राथमिकता गरेर अति आवस्यक कार्यक्रम पहिला गर्ने, उपलब्ध श्रोत र साधन जनताका लागि प्रयोग गर्ने डा.अधिकारीकोभनाइ छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र ६ मा मा मतदताता भेटघाट गर्नुभएको छ। मतदाताहरुको अपेक्षा र आफूले जनताको लागि गरिने बाचापत्र बोकेर डा. अधिकारी चुनावी मैदानमा उत्रिनुभएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |