धादिङ,२२ कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि धादिङमा ११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको कुल ११४ मतदान स्थल मध्ये १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।
सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरी १०४ स्थललाई अतिसंवेदनशीलको सूचिमा राखिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।
अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।
निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदानपश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गर्छ भने संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसंगै कर्मचारी व्यवस्थापन गर्ने उहाँको भनाई छ । धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।
जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । मतदाता संख्याको आधारमा ११४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र रहने छ । अहिले ५ वटा मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ । जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।
त्यसैगरी क्षेत्र नं २ को ‘क’ मा ७० हजार ७०१ मतदाता, २५ मतदान स्थल र ७८ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ६२ हजार ९४१ मतदाता, ३६ मतदान स्थल र ७७ मतदान केन्द्र रहेको छ ।यसअघि गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा १०९ वटा मतदान स्थल र ३०३ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेका थिए।-फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |