

धादिङ,२२ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले जनताको समर्थन नेकपा एमालेलाई रहेको बताउनुभएको छ ।
नेकपा एमालेको तत्कालिन सरकारको पालमा शुरु गरेको बृद्ध भत्ताको थालनी लगायत गाउँ गाउँको विकास अभियान र लोकप्रिय कार्यक्रम अझैपनि जनताको मन मष्तिष्कमा रहेका कारण जनताको साथ र समर्थन नेकपा एमालेलाई रहेको बताउनुभएको हो ।
आज (मंगलवार) नीलकण्ठ नगरपालिका वडा नम्वर ९ स्थित काफलपानीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार लोहनीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै लोहनीले नेकपा एमालेले शुरु गरेको त्यतिवेलाको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि एमालेले कार्यक्रमहरु प्रतिवद्धतापत्रमा समेत उल्लेख गरेकोले योजना बनाएर काम गर्ने बताउनुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।उहाँले मंगलबार नीलकण्ठ नगरपालिका वडा नं ७, ८, र ९ को काफलपानी, मुरली भञ्झ्याङ, कुमालगाउँ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी, नेकपा एमाले नगर कमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |