धादिङ,२२ कात्तिक ।
नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले हरेक देशभक्त नागरिकको उम्मेदवार नेकपा एमाले रहेको बताउनुभएको छ । आज (मंगलवार) धादिङको गल्छी गाउँपालिका स्थित कल्लेरीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार त्रिपाठीले सो कुरा बताउनुभएको हो ।
उहाँले राष्ट्रलाई माया गर्नेले सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो । एमालेले जिते मात्रै मुलुक समृद्ध तिर जाने, राष्ट्र बलियो हुने भन्दै देशभक्त नागरिकहरुले सुर्य चिन्हमै मतदान गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो,‘यस यसपटक हामी एमालेका मात्र उम्मेदवार होईनौ,सत्ता गठबन्धनको पनि उम्मेदवार हौँ, हिजो गठबन्धनमा मत हालेन भनेर वेवास्ता नगरौँ ।’
नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले धादिङको समग्र विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँले मंगलबार गल्छी गाउँपालिकाको कल्लेरीको बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ को प्रदेश (क) का उमेदवार रमेश कुमार आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |