धादिङ,२३ कात्तिक ।
मंसिर ४ गते हुने निर्वाचनको मिति नजीकिएसगै धादिङमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न धादिङमा रहेका दलहरू एजेन्डासहित गाउँगाउँ पुगेका छन् । जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् ।जसमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको छ ।
धादिङ क्षेत्र नं १ मा नेकपा एमाले, सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।
यस्तै धादिङ क्षेत्र नं २ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिचको गठबन्धन,सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।
उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेका छन्।
धादिङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। भेटघाट र घरदैलोमा पुगेका उमेदवार जित आफ्नै पक्षमा हुने दाबी गर्दै आफले जिल्ला को बिकास गरि समृद्धिको बाटोमा लैजाने बताउँछन् ।
जिल्लाको क्षेत्र नं १ प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट एकिकृत समाजबादी र क्षेत्र नं २ प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले उम्मेदवारी दिएको छ । त्यस्तै दुई प्रदेश सभामा माओवादी र दुई प्रदेश सभामा काँग्रेसल उम्मेदवारी दिएको छ ।
क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा एमालेका भुमि त्रिपाठी,एकिकृत समाजबादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा एमालेका रमेश कुमार आचार्य,स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेल र कांग्रेसका मधुकुमार श्रेष्ठ, प्रदेश सभा (ख) मा एमालेका गजेन्द्र थपलिया र माओवादी केन्द्रका शालिकराम जम्मकटेल चुनावी मैदानमा छन् ।
यसैगरी क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका खेम लोहनी, नेपाली काँग्रेसका रामनाथ अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीकी बशुमाया तामाङबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा राप्रपाका डम्बर तामाङ, र माओवादी केन्द्रका जगत सिंखडा, प्रदेश सभा (ख) मा एमालेका डा.रामकुमार अधिकारी र काँग्रेसका गोविन्द लम्साल चुनावी मैदानमा छन् ।
धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् । जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । मतदाता संख्याको आधारमा ११४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र कायम गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |