गल्छी,२३ कात्तिक ।
नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले नेपालको स्वाभिमानलाई थप बलियो बनाउन एमालेको विजयी अपरिहार्य रहेको बताउनुभएको छ ।
बुधबार धादिङको गल्छी गाउँपालिका वडा नं ४ को कार्कीडाँडामा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै देशको स्वाभिमानलाई थप बलियो बनाउन नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको हो ।
उहाँले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । एमालेलाई सबै शक्ति मिलेर हराउन लागे पनि त्यो सफल नहुने त्रिपाठीले बताउनुभयो ।
गाउँको विकास एमालेले मात्र गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले धादिङको समग्र विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएकोले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँले बुधबार गल्छी गाउँपालिकाको वडा नं ४, ५ र ७ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ को प्रदेश (क) का उमेदवार रमेश कुमार आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |