धादिङ,२३ कात्तिक ।
सत्तारुढ गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले आफू निर्वाचित भएमा एक वर्षभित्रमा आरुवासटारको पक्की पुल निर्माण सम्पन्न गराउने बताउनुभएको छ ।
बुधबार आयोजित एक चुनाबी कार्यक्रममा बोल्दै पाण्डेले सिद्धलेकको आरुवासटारमा ४ वर्षदेखी अलपत्र रहेको त्रिशुली नदीको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्घाटन गर्ने बताउनुभएको हो ।
पृथ्वी राजमार्गस्थित मलेखुबाट आरुवासटार हुँदै बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माणाधिन स्थलसम्म जाने त्रिशुली नदीमा पुल निर्माणको काम ४ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गर्ने गरेको भन्दै उम्मेदवार पाण्डेले आफु निर्वाचित भएलगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले भन्नुभयो,‘त्यस पुल बन्नुअघी आरुवासटारका साथीहरुले सहकारीको कार्यक्रममा मलाई काठको पक्कि पुल बनाएर चिनो प्रदान गरी पुल निर्माण गरिदिन आग्रह गरेका थिए ।
त्यस लगत्तै मैले पुल निर्माणमा पहल गरेँ र उक्त पुल निर्माणको चरणमा गयो । अहिले उक्त पुल निर्माण कार्य रोकिएको छ । अलपत्र पुल कसरी, के कारणले रोकिएको हो, मंसिर ४ गतेपछि खोतलेर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछु।’
पाण्डेले आफ्नो पहिलो प्राथमिकतामा बुढिगण्डकी जलविद्युत आयोजना रहेको र उक्त आयोजनामा प्रत्यक्ष सम्बन्ध राख्ने आरुवासटारको पक्कि पुल निर्माण पनि प्रमुख भुमिकामा रहेको बताउनुभयो ।
उक्त पुलमा कस्को कमजोरीका कारण ढिलाशुस्ती भएको हो अनुसन्धान गरी ठेकेदारको कमजोरी भए कालोसुचीमा राखी कारबाही गर्ने र अर्को ठेकेदार छनोट गरी एक बर्षभित्र पुल निर्माण सम्पन्न गराएरै छाड्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |