धादिङ,२४ कात्तिक ।
धादिङको सिद्धलेक गाउँपालिकाको कार्यपालिका निर्वाचनमा एमालेसँग मिल्नु गल्ती भएको एकीकृत समाजवादीले स्वीकार गरेको छ । बिहिबार सत्तागठबन्धनको साझेदार पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रले गल्ती स्वीकार गर्न लगाएका हुन् ।
गत जेठ १९ गते भएको सिद्धलेक गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मिलेपछि कांग्रेस र माओवादी केन्द्र रुष्ट बनेका थिए ।
एकीकृत समाजवादीले आफ्नो गल्ती स्वीकार नगरे धादिङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई कांग्रेस–माओवादीले अफ्ठ्यारो पर्ने बताएसँगै बिहिबार समाजवादीले एमालेसँग मिल्नु गल्ती स्वीकार गरेको हो ।
गत बैशाखमा सम्पन्न भएको स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादीले कार्यपालिकाका सदस्यको निर्वाचनमा भने एमालेसँग तालमेल गरेको थियो ।
६ जना कार्यपालिका सदस्यका लागि भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट विजयी भएका थिए । कार्यपालिकाको निर्वाचनसँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका थिए ।
गल्ती स्वीकार गरेसँगै सिद्धलेकका सत्ता गठबन्धनका तीन दलले विज्ञप्ती जारी गर्दै आगामी मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फ साझा उम्मेदवारलाई मतदान गर्ने र समानुपातिक तर्फ आ–आफ्नो पार्टीलाई मतदान गर्ने सहमति भएको जनाएका छन् ।
यस्तो छ,बिज्ञप्ती :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |