Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

३ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

४ घण्टा अघि
३

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
४

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
५

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
६

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
८

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
९

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१०

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
११

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१२

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि

मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

  • Default Profile
  • बागमती कलम
  • ५२५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
Post Thumbnail

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

काठमाडौँ निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई हुनुहुन्छ । नेकपा (एमाले)का तर्फबाट श्याम घिमिरे हुनुहुन्छ । काठमाडौँमा एमालेको सशक्त नेताका रूपमा अघि बढ्नुभएका र अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएका नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रमा पूर्वएमाले नेता तथा हालका जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठको पनि उम्मेदवारी छ । उहाँहरू राष्ट्रिय राजनीतिका परिरिचत व्यक्तित्व हुनुहुन्छ । श्रेष्ठ र मानन्धर पूर्वमन्त्री भइसक्नुभएको छ ।

पहिलोपटक निर्वाचनमा होमिनुभएकी यमी गठबन्धन दलहरूको पूर्ण समर्थन पाउनेमा विश्वस्त हुनुहुन्छ । घरदैलो अभियानका क्रममा मतदाताले दिएको हौसलाबाट आफू सहज जितको पर्खाइमा रहेको उहाँको भनाइ छ । यसअघि सो क्षेत्रबाट विजयी भएका जनप्रतिनिधिसँग असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा पार्न उहाँ क्रियाशील हुनुभएको छ । “विगतका कुराबाट शिक्षा लिँदै म नयाँ युगको प्रतिनिधि पात्रका रूपमा अघि आएको छु”, उहाँले भन्नुभयो, “विगतका राम्रा कामलाई निरन्तरता दिने, गल्तीलाई नदोहो¥याउने र भाविष्यलाई केन्द्रमा राखेर काम गर्नेछु ।”

संविधान निर्माणपछि नयाँ कानून निर्माण गर्नुपर्ने भए पनि अझै महत्वपूर्ण कानून बन्न बाँकी रहेकाले ती कानून निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । “सार्वजनिक निकाय प्रभावकारी छैनन्, तिनलाई सबल बनाउने र विद्यमान आर्थिक सङ्कटलाई समाधान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नेछु”, उहाँले भन्नुभयो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी विजयी हुनुभएको थियो । निर्वाचित भएपछि नेताहरू आफ्नो क्षेत्र नफर्कने, मतदातासँग प्रत्यक्ष अन्तक्र्रिया नगर्ने विद्यमान प्रवृत्तिलाई चिर्दै उहाँले आफू निर्वाचित भएपछि आममतदातासँग सहज र सरल पहुँच कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

एमाले उम्मेदवार श्याम घिमिरे सुखी नेपाली, समृद्ध नेपाल बनाउने उद्देश्यका साथ आफू निर्वाचनको मैदानमा उत्रिएको बताउनुहुन्छ । जनताको समस्या समाधानमा आफ्नो ध्यान जाने उहाँको भनाइ छ । “ऐतिहासिक सहरका रूपमा रहेको काठमाडौँको कला, संस्कृति र सम्पदालाई संरक्षण गर्ने नीति निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो, “तीन तहको सरकारमार्फत जनअपेक्षाअनुसार विकास निर्माणका योजना सञ्चालन गरिनेछ ।” घरदैलो अभियानका क्रममा मतदाताले देखाएको माया र सद्भावबाट आफू निकै उत्साहित भएको उहाँको भनाइ छ ।

काठमाडाँै क्षेत्र नं ७ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका एमाले नेता रामवीर मानन्धरले ‘रूपान्तरणको आधार सुशासन र सदाचार, भ्रष्टाचारमुक्त समाज’ नारा अघि सार्नुभएको छ । सो क्षेत्रको समग्र विकासका लागि आफूले स्वन्त्ररूपमा उम्मेदवारी दिएको उहाँको भनाइ छ । आफू अन्तिमपटक निर्वाचन लड्न लागेको स्पष्ट पार्दै उहाँले आगामी पाँच वर्षभित्र यसअघि सुरु भएका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो अन्तिम निर्वाचन भएका उहाँले सडक व्यवस्थापन, महिला सशक्तीकरण, उद्यमशील रोजगार, सम्पदा संरक्षण, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शिक्षालाई प्राथमिकता दिनुभएको छ । “म दुई–दुई पटक निर्वाचित भएर मन्त्री पनि भएँ, मैले सुरु गरेको विकासको अभियानबाट यहाँको मतदाता सन्तुष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

एमालेबाट छुट्टिएर जनता समाजवादी पार्टीमा लाग्नुभएका नेता राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । एमाले र जसपाबीच केही निर्वाचन क्षेत्रमा तालमेल भए पनि सो क्षेत्रमा भने जसपा नेता श्रेष्ठ एक्लै चुनावी मैदानमा हुनुहुन्छ । एमालेको आधिकारिक उम्मदेवार, एमाले नेता रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी सोही स्थानमा रहेको अवस्थामा जसपा नेता श्रेष्ठ एक्लो पर्नुभएको छ ।

विश्वस्त छैनन् मतदाता

यसअघिका निर्वाचनमा पटक–पटक मतदान गरेका तथा मतदानका लागि योग्य भएका नयाँ मतदाता उम्मेदवारका प्रतिबद्धताप्रति विश्वस्त देखिँदैनन् । उम्मेदवारहरूले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता अर्को निर्वाचन पुग्दासम्म पूरा नगरेको र आफूहरूलाई बारम्बार ढाँटिरहेको मतदाताको भनाइ छ । क्षेत्र नं ७ मा पर्ने कामपा वडा नं १६ नयाँबजारमा स्थायी बसोबास गर्दै आउनुभएका सुमन डङ्गोल दल तथा उम्मेदवारको योजनाप्रति विश्वास गर्न नसकिने अवस्था पैदा भएको बताउनुहुन्छ ।

“काठमाडाँैलाई बासोबासका लागि उपयुक्त शहर बनाउने भन्दै यसअघिका उम्मेदवारले मत मागे”, उहाँले भन्नुभयो, “तर काठमाडौँको अवस्था जस्ताको जस्तै रह्यो ।” मतदाताको अपेक्षालाई निःशर्त पूरा गर्ने उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुपर्ने उहाँको भनाइ छ ।

६१ हजार मतदाता

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा २९ हजार छ सय २७ पुरुष र ३१ हजार छ सय ६४ महिला गरी कुल ६१ हजार दुई सय ९१ मतदाता छन् । सो क्षेत्रमा २९ मतदानस्थलमा ७१ वटा मतदान केन्द्र रहेको छ । सो क्षेत्रमा नेकपा (एमाले) का घिमिरे, नेकपा (माओवादी केन्द्र)बाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई, जनता समाजवादी पार्टी, नेपालबाट श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवविक्रम मल्ल, नेपाल मजदुर किसान पार्टीबाट किरण महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीको उम्मेदवारी परेको छ ।

एमाले नेता रामवीर मानन्धर, यादवलाल कायस्थ, हेमबहादुर ढुङ्गेल, लक्ष्मणप्रसाद गजुरेल, मञ्जु माया तामाङ, सुजन रत्न बज्राचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवार दर्ता गराउनुभएकी जानुका पौडेलले आफ्नो उम्मेदवारी निष्कृय गरी गठबन्धनकी उम्मेदवार यमीलाई समर्थनको घोषणा गर्नुभएको छ । काठमाडौँ महानगरको चार, नागार्जुन र तारकेश्वर नगरपालिकाको तीन÷तीन वडा रहेका छन् । यसअघि ७ नं क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रामवीर मानन्धर १८ हजार एक सय दुई मतसहित निर्वाचित हुनुभएको थियो । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापाले १० हजार ७९ मत प्राप्त गर्नुभएको थियो ।

स्थानीय निर्वाचनमा कसको मत कति ?

काठमाडौँ महानगरको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ तथा तारकेश्वर नगरपालिकाको वडा नं ३, ४ र ५ सो क्षेत्रमा पर्छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा पर्ने १० वटा वडामध्ये छवटा वडामा नेपाली कांग्रेस र चारवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । काठमाडौँ महानगरपालिका वडा नं १६, १७ र २५, नागार्जुन वडा नं १ तथा तारकेश्वर वडा नं ३ र ५ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए ।

गत स्थानीय निर्वाचनमा सो क्षेत्रभित्रका वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी आबद्ध गठबन्धनको स्पष्ट बहुमत देखिएको छ । सो क्षेत्रमा गठबन्धनका तीन पार्टीका वडाध्यक्षका उम्मेदवारले १८ हजार चार सय बढी मत प्राप्त गरेको देखिन्छ । सोही क्षेत्रमा एमालेका उम्मेदवारले १२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

काठमाडौँ महानगरपालिका वडा नं १८, नागार्जुन वडा नं २ र ३ तथा तारकेश्वर वडा नं ४ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए । काठमाडौँ महानगरपालिका वडा नं १६ मा कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल चार हजार १९ मतसहित निर्वाचित हुनुभएको थियो । उक्त वडामा एमालेका लक्ष्मीरत्न तुलाधरले तीन हजार तीन सय १० र एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार पाँच सय ८९ मत पाउनुभएको थियो ।

वडा नं १७ मा कांग्रेसका नवीन मानन्धरले दुई हजार सात सय आठ, एमालेका मचाराजा महर्जनले एक हजार चार सय ३१, वडा नं १८ मा एमालेका न्हुछेकाजी महर्जनले एक हजार दुई सय ९३ र कांग्रेसका राजन महर्जनले सात सय ७१ मत तथा वडा नं २५ मा कांग्रेसका राजेश डङ्गोलले नौ सय १३, एकीकृत समाजवादीका बाबुराजा महर्जनले आठ सय एक र एमालेका राजेशप्रसाद श्रेष्ठले छ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

नागार्जुन नगरपालिका वडा नं १ मा कांग्रेसका रामेश्वर लामा एक हजार तीन सय ७३ मतसहित निर्वाचित हुनुभएको थियो । उक्त वडामा एमालेका रामचन्द्र लामाले छ सय ३२ र माओवादी केन्द्रका हरिकृष्ण लामाले एक सय २९ मत पाउनुभएको थियो ।

नागार्जुन वडा नं २ मा एमालेका थुमराज केसीले नौ सय ८३ मत पाउनुभएको थियो भने कांग्रेसका राकेश महर्जनले छ सय ५६ मत प्राप्त गर्नुभएको थियो । वडा नं ३ मा एमालेका उमेश लामाले एक हजार सात मत पाइ वडाध्यक्षमा निर्वाचति हुनुभएको थियो । सो क्षेत्रमा कांग्रेसका उम्मेदवार धनबहादुर श्रेष्ठको पक्षमा आठ सय ३५ मत खसेको थियो ।

तारकेश्वर नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका परशुराम अर्याल एक हजार ५१ मतका साथ विजयी हुनुभएको थियो । यस्तै एमालेका विदुरप्रसाद अर्यालले नौ सय ७९ मत र एकीकृत समाजवादीका हरिशरण घिमिरेले आठ सय ९५ मत प्राप्त गर्नुभएको थियो । तारकेश्वर वडा नं ४ मा एमालेका उम्मेदवार नरेन्द्रदास श्रेष्ठ सात सय ८५ मतसहित निर्वाचित हुनुभएको थियो । उक्त वडामा कांग्रेसका हस्तबहादुर गुरुङले छ सय ५० तथा माओवादी केन्द्रका हरिशरण गिरीले तीन सय १४ मत प्राप्त गर्नुभएको थियो ।

तारकेश्वर वडा नं ५ मा कांग्रेसका उम्मेदवार शम्भुप्रसाद फुँयाल एक हजार एक सय ९१ मतसहित निर्वाचित हुनुभएको थियो । सो वडामा एमालेका वासुप्रसाद गौतमले एक हजार एक सय ४० र एकीकृत समाजवादीका विवेककुमार धितालले पाँच सय १७ मत प्राप्त गर्नुभएको थियो।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • समाचार
  • १

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    ३ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    ४ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ४

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ५

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ६

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ८

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ९

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • १०

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution