सिद्धलेक,२५ कात्तिक।
धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले नेकपा एमालेले चुनाव हार्दा देशले हार्ने बताउनुभएको छ ।
शुक्रबार सिद्धलेक गाउँपालिका वडा नम्बर ५ को चेकबाङमा भएको चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले एमालेले चुनाव हार्दा देशले हार्ने भएकोले मतदाताहरुलाई सूर्य चिन्हमै मतदान गर्न आग्रह गर्नुभयो ।
मत दाता भोटघाटको क्रममा त्रिपाठीले कालूपाण्डे राजमार्गबाट वडा कार्यालयसम्म बाटो कालोपत्रे गर्ने, सिंचाई ब्यवस्थित गर्ने, जनताको माग अनुसारकोकार्यक्रमहरु प्राथमिकताका आधारमा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
कालिदहमा पक्कि पुल नेकपा एमालेको सरकारको बेलामा डिपिआर गरेको हो तर मुख्य मन्त्री ले गलत मनसाय राखि आफुले सिलान्यास गरेर गलत भ्रम फैलाएपनि जनताले एमालेले गरेका कामको मूल्यांकन गरिरहेको त्रिपाठीको भनाइ छ ।
पर्यटन क्षेत्र बिकास गर्न र सिंचाई ब्यवस्थित गर्न प्रतिबद्धता व्यक्त गर्दै एमाले उम्मेदवार त्रिपाठीले आफूहरुशासक नभइ जनताको सेवक भएकोले जनताको मतको सम्मान गर्ने बताउनुभयो ।
सिद्धलेकको लेकडाँडा पर्यटकिय स्थलको रूपमा बिकास गर्न एउटा भ्यु टावर निर्माण गरि काठमाडौसम्मको अवलोकन गर्न सकिने, हिमालहरुको लस्करै देख्न सकिने स्थानहरु समेत रहेको छ । जनता न्यायधिस भएकोले जनमत भएको एमालेलाई जिताउने उहाँकोभनाइ छ। उम्मेदवार त्रिपाठीलाई टोल बस्तीमा मतदाताहरुले स्वागत गरेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |