धादिङबेसी,२५ कात्तिक।
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले आफु निर्वाचित भए ५ बर्षमा कामका कारण विपक्षीहरुलाई घुँडा टेकाउने बताउनुभएको छ ।
शुक्रबार धादिङबेशी स्थित नेकपा एमाले धादिङको पार्टी कार्यालय मदन आश्रित भवनमा प्रदेश सभा निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले निर्वाचित भएपछि विकास र समृद्धिका कामगरेर देखाउने बताउनुभएको हो ।
गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा धादिङमा एमालेले हार व्यहोरेको भन्दै अधिकारीले प्रतिनिधि र प्रदेशमा एमालेलाई जिताए अब आउने स्थानिय तह निर्वाचनमा अन्य पार्टीलाई घुँडा टेकाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमालेको बिभिन्न गाउँ तथा नगर कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |