साङकोष,२७ कात्तिक ।
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले अघिल्लो चरणमा पुर्ण हुन नसकेको सबै योजना पुर्ण गर्ने गरिने बताउनुभएको छ ।
आईतबार धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं १२ मा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले अघिल्लो चरणमा बजेट बिनियोजन गरि पुर्ण हुन नसकेको सबै योजनालाई पुर्ण गरिने बताउनुभएको हो ।
अधिकारीले नेकपा एमालेका उम्मेदवारले जितेमा घिमिरे जँघार हुँदै पन्डितचौर, रिजाल डांडाँ,पचघरे सडक खण्ड पिच गरिने बताउनु भयो । यस्तै प्रगतिशील महिला सामुदायिक भवन र साना किसान सहकारी संस्थाको भवन निर्माण प्रक्रियालाई पुर्णता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफु निर्वाचित भएमा महिला, किसान र युवाहरूलाई प्रत्यक्ष हित हुने कार्यक्रम ल्याउने बताउनु भएको छ ।
अधिकारीले निलकन्ठ १३ फ्यालेलेमा ६० लाखको खानेपानी योजना अघिल्लो पटक पास गरिएकोमा आगामी कार्यकालमा पूर्णता दिने बताउनु भयो । बटुवागाउँ, मदन खर्क ,माझगाउँ , नागेस्वरी हुँदै आहुतिखोला जाने बाटो स्तरउन्नति गरिने र निलकन्ठ १३ मा रहेको संखादेवी गुठीको १५० रोपनी जग्गालाई दर्ता प्रक्रियामा लैजान पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाई मतदान गर्न पनि मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आज नीलकण्ठ नगरपालिका वडा न १२ को बगैंचा, पण्डितचौर, आँगेटारी, भदुवार र वडा न १३ को मधुवन,फ्यालेले खर्क, सेउलिका मतदातासँग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |