नेत्रावती/नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले देशलाई अब विकास र समृद्धि तर्फ अगाडि बढाउने बताउनुभएको छ ।
सोमबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भोग्टेनीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले गएको ५ वर्ष नीति निर्माण गरेको भन्दै अब विकास र समृद्धि तर्फ अगाडि बढाउने वताउनुभएको हो । उहाँले नेत्रावती डबजोङको हरेक समस्यासँग आफु जानकार रहेको भन्दै समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
लोहनीले आफ्नो ५ बर्षे कार्यकालमा जनताले अनुभुती गर्नेगरी काम भएको दाबी गर्नुभयो । यस क्षेत्रको विकास निर्माण जनताको जीवनस्तर उकास्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको भन्दै आगामी दिनमा पनि जनताको माग र आवश्यकता अनुसार विभिन्न योजना तथा बजेट मार्फत समृद्धिको यात्रामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एमालेले विकास र समृद्धिको जग बसालेको र जनताको अपेक्षा एमालेसँग मात्रै भएको उहाँको भनाई छ । नेपालको समग्र विकासको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको वताउनुभयो । लोहनीले बिगतमा एमालेले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको भन्दैे जितपछी बाँकी रहेका विकास निर्माणका काम पुरा गर्ने बताउनुभयो ।
उहाँले आज नीलकण्ठ नगरपालिका वडा नं ११, नेत्रावती डवजोङका बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |