धादिङ,२८ कात्तिक।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारीले धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणलाई जोड दिने बताउनुभएको छ ।
सोमबार नेत्रावती डबजोङ गाउँपालिकाका बिभिन्न स्थानमा मतदाता भेटघाटका क्रममा उम्मेदवार अधिकारीले मठमन्दिर, गुम्बा, चर्च, कोट लगायतका धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणलाई जोड दिने बताउनुभएको हो ।
उहाँले पर्यटन पुर्वाधारको नयाँ गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने बताउँदै अधिकारीले गाउँ पर्यटन, धार्मिक पर्यटन, जलपर्यटन, पर्वतीय पर्यटन र खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मतदातासँगको चुनावी भेटघाटमा अधिकारीले भन्नुभयो–‘सबैलाई भरपर्दा, स्तरीय र शुलव स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा मैले पहिलो प्राथमिकतामा राख्नेछु ।’
मतदाता भेटघाटको क्रममा प्रदेश २ का उम्मेदवा कांग्रेसका गोविन्द लम्सालले नेत्रावतीको मध्यपहाडी लोक मार्ग अन्र्तगत टोड्के, कटुन्जे, सेमजोङ लगाएतको सडकखण्ड कालोपत्रे गर्ने, पालिकामा एउटा कोल्ड स्टोर निर्माण गर्ने कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
डबजोङ दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि नागरिकको जिवनस्तर उकास्ने लगाएतका कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने पनि लम्सालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।घरदैलोको क्रममा नेत्रावती डबजोङका मतदाताहरुले अधिकारी र लम्साललाई आफ्नो गाउँवस्तीको समस्या पहिचान गराएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |