मौवाखोला,२९ कात्तिक ।
धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जिनियर गजेन्द्र थपलियाले विपदको बेला कसरी बस्ती र राजमार्ग जोगाउन सकिन्छ भन्ने स्पष्ट योजना रहेकोले मौवाखोलाबासीले प्राविधिक भएको नाताले आफूलाई मत दिन आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान मतदाताहरु समक्ष आफ्नो योजना सहित सहभागि हुनुभएका थपलिया धादिङ चितवन सिमानामा रहेको मौवाखोला क्षेत्रमा प्राकृतिक विपत्तीको समयमा विपद रोक्न पहल गर्नुभएको स्मरण गर्दै आफूले स्थायी समाधानका लागि पहल गर्ने उहाँको प्रतिवद्धता छ ।
मतदाता भेटघाटको समयमा बुबाको मृत्यु भएका कारण भेटघाट गर्न नपाएपनि मतदाताहरुले स्पष्ट योजना र समृद्ध नेपाल बनाउने अभियानकर्ताको रुपमा सघाउन आग्रह गर्नुभयो।
एमाले प्रदेश सभाका उम्मेदवार थपलियाको बुबाको मृत्यु भएका कारण सार्वजनिक कार्यक्रममा पहिलो पटक सहभागि हुनुभएका थपलियाले मतदाताहरु मिस गरेको र थोरै समय प्रचार गर्ने कार्यक्रममा आइपुगेकोले आफुलाई मत दिएमा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |