मौवाखोला,२९ कात्तिक ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार राजमार्ग क्षेत्रमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले भन्नुभयो,‘मैले ३० बर्ष विकास गरे भनेर भ्रम छर्ने काम भैरहेको छ,त्यो ३० बर्ष राजेन्द्र पाण्डेले गरेको काम एमालेले गरेको हो उहाँ ब्यक्तिले गरेको होइन ।’ नेपालको समृद्धि र बिकास नेकपा एमालेले मात्रै गर्न सक्ने भन्दै बिकास र समृद्धिका लागि सुर्यमा मत हाल्न आब्हान गर्नुभयो ।
त्रिपाठिले ३० औँ बर्ष एमालेबाट अवसर लिएर जनताको मत बेच्नेहरूलाई जनताले मंसिर ४ मा जनताको अदालतले फैसला गर्ने बताउनुभयो । एमालेले जनतालाई सुखी बनाउन र देशलाई समृद्ध बनाउन काम गर्ने प्रतिबद्धता गर्नुभयो ।
उहाँले आज मौवाखोला, मजिमटार, चरौदी, बिसालटार, बेनिघाट, सित्तल बजार, रिचोकटार, मलेखु खोला बजार, गजुरी बजारका मतदातासँग भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जिनियर गजेन्द्र थपलिया, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |