बैतडी । डिलाशैनी गाउँपालिका-६ का गोविन्दनाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१ सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । याेगीलाई प्रधानपञ्चदेखि वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । याेगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए ।
सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध उत्रिएका थिए । त्यसयता उनी चुनाव लडेका छैनन् । ‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा पाँच लाख आउथ्यो भने गाउँपञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो । उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो ।’ याेगीले भने ।
उनी विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । साथै खाद्यन्न संकटका वेला अमेरिकी मकै वितरण गरेको उनलाई याद छ । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफुलाई सुरक्षाको चुनौती रहेको बताएकाे उनी सुनाउँछन् ।
याेगी अहिले भने एमालेलाई साथ दिँदै आएका छन् । सदस्यता कुनै पार्टीको नभए पनि एमालेलाई भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउछन् ।
उतिबेला नेता भैदिनु पर्यो भन्दै गाउँलेहरु एक जनालाई अगाडी बढाउँथे, अहिले नेता बन्न लडाई हुने गरेकाे उनी बताउँछन् । जसको घरमा बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जनभन्दा बढी पटक चुनाव लडे पनि अब भने चुनाव लड्ने रहर छैन् ।
याेगी नाै छोरी र दुई छोराका बाबु हुन् । उनकी एक छोरीले माओवादी द्धन्द्धमा सामेल हुँदा ज्यान गुमाइन् । उनलाई अहिलेका नेताहरूमा इमान्दारिता घटेको महसुस हुन्छ । नयाँ राजनितिकर्मीलाई बोलेका वाचा पुरा गर्न र पुरा नहुने आश्वासन नदिन उनको आग्रह छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |