धादिङ,३० कात्तिक ।
धादिङमा बिभिन्न दलका उम्मेदवारहरु मतदाता रिझाउन टोलटोलमा पुगीरहेका छन्। ४मंसिर मा हुने प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार टोलटोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभा उम्मेदवार बसुमाया तामाङले बुधबार धादिङबेसिका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा रहेको जनताको समस्या, माग, विकास निर्माणको अवस्था र भावी योजनाको कार्यदिशा र एजेण्डाहरु लिएर मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ ।
उहाँले पटक पटक निर्वाचन जिताएर पठाउँदा पनि बिकास र जनताको माग सम्बोधन गर्न नसकेको, चरम भ्रष्टचारमा सरकार डुबेको जनताको आक्रोश रहेको बताउदै यस पटक चुनाव चिन्ह घण्टीमा जनताले मत बदल्नुपर्ने बताउनुभयो ।
समग्र जिल्लासंगै देशको अवस्था बदल्ने जिम्मेवारी हामीले मात्र लिन सक्ने भन्दै धादिङ जिल्ला राजधानीसंग जोडिएको भएपनि अहिले सम्म जनताले चाहे जति बिकास, जातिय सम्मान,वर्गिय समानता, शैक्षिक, स्वास्थ्य,आर्थिक र व्यवासयीक अवस्था कमजोर रहेको बताउनुभएको छ।तस्विर मनिष श्रेष्ठ
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |